२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ऋतिक र दीपिकाको चुम्बनको दृश्यलाई लिएर विवाद

Controversy over Hrithik and Deepika's kiss scene

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोन अभिनित ‘फाइटर’ फिल्ममा देखाइएको चुम्बनको दृश्य विवादित बनेको छ। इन्डियन एयर फोर्समा कार्यरत कमाण्डर सौम्यदीप दासले चुम्बनको दृश्यलाई लिएर फिल्म निर्देशक, अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोनलाई ‘लिगल नोटिस’ पठाएका छन्।

कमाण्डर दासले इन्डियन एयर फोर्सको पोसाकमै देखाइएको चुम्बनको दृश्यले संस्थाको अपमान गरेको बताएका छन्। उनले इन्डियन एयर फोर्सको पोसाक कपडाको टुक्रामात्र नभएर देशको लागि गरिएको त्याग, अनुशासन र समर्पणको निशानी भएको उल्लेख गरेका छन्।

पोसाकमै त्यसखालको दृश्य देखाउनु गलत रहेको उनको भनाइ छ। उनले देशको प्रतीक रहेको कुनै पनि कुरालाई ‘रोमान्टिक एंगल’ देखाउनु गलत रहेको बताएका छन्। पोसाकै त्यसखालको हरकत गर्नु अनुशासन र नियमको उल्लंघन हुने उनले पत्रमा लेखेका छन्।

कमाण्डर दासले फिल्मबाट उक्त दृश्य हटाउन माग गरेका छन्। उनले फिल्म निर्माण टोलीले इन्डियन एयर फोर्स र कार्यरत जवानहरूसँग माफी माग्नुपर्ने समेत बताएका छन्। सिद्धार्थ आन्नदले निर्देशन गरेको उक्त फिल्मले हालसम्म ३५० करोड कमाइ गरिसकेको छ।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस