२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

मलेसियामा ज्यान गुमाएका नेपालीलाई प्रवासी नेपाली मञ्चको दुई लाख सहयोग

क्वालालम्पुर । मलेसियामा एक नेपालीको दुखद निधन भएको। सल्यान कालिमाटी गाउँपालिका वडा नम्बर २ का मेघराज वलीको निधन भएको

मलेसियाको इपोबेरामा कार्यरत वलीको रेलको ठक्करबाट निधन भएको बताइएको छ । तर, रेलको लिकभन्दा केही पर झाडीमा वलीको शव भेटिएको थियो ।

दुखद खबर सुनेपछि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले तत्कालै मृतकको परिवारलाई दुई लाख उपलब्ध गराउने घोषणा गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्टराईको आतिथ्यतामा मलेसियामा भएको कार्यक्रममा मञ्चको अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष प्रवासी नेपाली अध्यक्ष सञ्जय थापाले दुखद घडीमा परिवारलाई मल्हम लगाउन सहयोग घोषणा गरिएको जानकारी दिए ।

मृतक वली १५ महिना अघि मात्र मलेसिया आएकाे जानकारी प्राप्त भएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस