२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

नेपाललाई छैठौं सफलता : नेदरल्याण्ड्सविरुद्ध दीपेन्द्रसिंह ऐरीको शनसनीपूर्ण क्याच

dipendra singh airee wickets

काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सको छ विकेट लिएको छ। छैठौं विकेटको रुपमा नेपालका दीपेन्द्रसिंह ऐरीले कुशल भुर्तेलको बलमा सहज क्याच आउट गराए । पाँचौ विकेटको रुपमा कुशल मल्लले नेदरल्याण्ड्सका स्कट एडवर्ड्सलाई रन आउट गराएका थिए । चौथो विकेटका रुपमापनि ललित राजबंशीले नै बस डी लीडलाई बोल्ड आउट गराए ।

त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले तेस्रो विकेटमा नेदरल्याण्ड्सका म्याक्स ओ डडलाई आउट गरेको छ। तेस्रो विकेटको रुपमा साइब्राण्ड एण्गेलब्रेक्टलाई ललितनारायण राजवंशीले अनिल साहको हातबाट क्याच आउट गराए ।

दोस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका म्याक्स ओ डड आउट भएका थिए । उनलाई ५.६ ओभरमा ललितनारायण राजवंशीको बलिङमा भीम सार्कीले क्याच आउट गरे। उनले २१ बल खेलेर १० रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका थिए। उनको बलिङमा नेदरल्याण्ड्सका ओपनर मिचेइल लेभिट शून्य रनमै देव खनालबाट क्याच आउट भएका थिए। आजको खेलमा नेपालको प्लेइङ ११ मा २ खेलाडी परिवर्तन गरिएको छ। आज करण केसी र पवन सर्राफको स्थानमा दिपेन्द्रसिंह ऐरी र देव खनाललाई ल्याइएको छ। इन्टरनेशनल लिग टी–२० खेल्न गएका दिपेन्द्रसिंह ऐरी शुक्रबार नेपाल आएका थिए।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस