२०८३ कार्तिक ४ गते मङ्गलवार | 2026 October 20th Tuesday

अष्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपाली डा. नारायण प्रधान

काठमाडौं । अष्ट्रेलियामा डा. नारायण प्रधानले ५० वर्ष बिताएका छन् । उनी नै अष्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीको रुपमा दर्ता भएका छन् । पछिल्लो समय विद्यार्थी र अन्य भिसामा अष्ट्रेलिया आउने नेपालीको संख्या ह्वात्तै बढेको छ। हरेक शहरमा नेपालीको उपस्थिति बाक्लिइरहँदा मनमा कौतूहल बढ्नु स्वाभाविकै हो कि अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्ने पहिलो आधिकारिक नेपाली को होला ?

उनी कसरी अष्ट्रेलिया आइपुगे होलान् र के–कस्ता अप्ठ्यारा सामना गर्नुपर्‍यो होला ? वा बिरानो देशमा आफ्नो भाषा बुझ्ने कोही नहुँदा कस्तो अनुभूति हुन्थ्यो होला ? हो अष्ट्रेलियाको पहिलो स्थायी बसोबास (पीआर) लिएर यहीं ५० वर्ष बिताएका नेपाली हुन् डा. नारायण प्रधान ।

प्रधानका अनुसार गएको १० फेब्रुअरीमा उनी अष्ट्रेलिया पुगेको ५० वर्ष पूरा भयो। अहिले उनी ८३ वर्ष पुगिसकें। सन् १९७४ मा स्कटल्याण्डबाट बसाइँ सरेर अष्ट्रेलिया आएका उनी त्यतिबेला स्कटल्यान्डबाटै अष्ट्रेलियाको आवासीय भिसा प्राप्त गर्दै अष्ट्रेलियाको मेलबर्न आइपुगेका हसन् ।

स्कटल्यान्डमा केमेस्ट्री एनालिटिक पढे । यही विषय पढेकै कारण अष्ट्रेलियाले आवासीय भिसा (प्रवेशाज्ञा) सहित मेलवर्नको सीएसआरओमा जागिर दिएको थियो। यसरी उनी अष्ट्रेलिया बसाइँसराइ गर्ने पहिलो नेपाली बन्न पुगें।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस