२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण बलिङभित्र नेपाली बलरको अनौठो संयोग

Nepali bowler's strange coincidence in sensational bowling against Netherlands

काठमाडौं । काठमाडौंमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध सनसनीपूर्ण बलिङ गर्दै नेपाली बलरले अनौठो संयोग दर्ता गराए । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको नेदरल्याण्ड्सलाई १९.३ ओभरमा नै अलआउट गरिदिएका नेपाली चार बलरले नै एक ओभरभित्र समान दुई विकेट लिएर अनौठो संयोग बनाएका हुन् । एक जनाले एक ओभरमा लगातार दुई विकेट त लिँदै आएका हुन्, दुई वा तीन जनालेपनि एकै खेलमा लिएका थिए । तर चार जनाले नै एकै खेलमा समान एक ओभरमा दुई–दुई विकेटको रेकर्ड क्रिकेट दुनियाँमा अनौठो संयोग बन्यो ।

पहिलो ओभरमै नेपालका करण केसीले दुई विकेट झारे । १७.५ र १७.४ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा दुई विकेट ढल्यो । अन्तिम विकेटपनि दीपेन्द्रकै बलमा रनआउट भएको थियो । ९.६ ओभर र ९.५ कुशल मल्लले एक ओभरमा नै लगातार दुई विकेट लिए । ८.५ र ८.१ ओभरमा प्रतिश जिसीलेपनि एक ओभरभित्र लगातार दुई विकेट लिए । १४.३ ओभरमा व्यक्तिगत तेस्रो विकेट लिँदै प्रतिश जिसीले ह्याट्रिक गरे ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस