२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रदर्शनमा आयो ‘महाजात्रा’

काठमाडौँ । आज शुक्रबार नेपाली सिनेमाहलमा स्वदेशी र विदेशी गरेर दुई फिल्महरु प्रदर्शनमा आएका छन्। प्रदीप भट्टराई निर्देशित नेपाली फिल्म ‘महाजात्रा’ रिलिज हुँदा भारतीय फिल्म ‘मडगाउँ एक्सप्रेस’ पनि रिलिज भएको हो।

हिन्दी फिल्मको तुलनामा मल्टिप्लेक्स र सिंगल थिएटरबाट ‘महाजात्रा’ ले शुक्रबार देशैभर ३४२ शो पाएको छ। रिलिज अघावैको हाइपले कतिपय हलका टिकटहरु सोल्डआउड समेत भइसकेका छन्। नेपालसहित यो फिल्म आजैबाट विश्वव्यापी रिलिज भएको। विश्वका ४० देशका २५० शहरमा रिलिज भएको निर्माणटिमले जनाएको छ। मार्च २८ बाट साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा ‘महाजात्रा’ प्रदर्शन हुँदैछ।

प्रदीपकै लेखन रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, शिशिर बाङ्देल, रविन्द्र सिंह बानियाँ लगायतको अभिनय रहेको छ। बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन्।

यो वर्षकै भव्य रिलिज भनिएको फिल्मलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई मनपर्ने कलाकार हरिवंश आचार्य अभिनित फिल्म भन्दै शुभकामना दिएका हुन्।

कमेडी जनराको हिन्दी फिल्म ‘मडगाउँ एक्सप्रेस’ तीन बाल्यकालका साथीहरूको यात्रा हो। जो गोवाको यात्रामा जान्छन्, जुन पूर्ण रूपमा अफ(ट्र्याक हुन्छ। कुणाल खेमु निर्देशित यस फिल्ममा दिव्येन्द्र शर्मा, उपेन्द्र लिमये,अविनाश तिवारी र नोरा फतेही मुख्य भूमिकामा छन्।

 

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस