२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

टस जितेर नेपाल ‘ए’ले फिल्डिङ राेजेपछि आयरल्यान्ड ‘ए’ ब्याटिङ गर्दै

After winning the toss, Nepal 'A' decided to field, Ireland 'A' batting

काठमाडौं । आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’बीचको तीन म्याचको टी–२० शृंखलाको पहिलो म्याच सुरु भएकाे छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डिङ रोजेपछि आयरल्यान्ड ‘ए’ले ब्याटिङ थालेकाे छ।

शृंखलाको पहिलो म्याचमा हिजो हुने थियो । तर, मौसममा आएको बदलीको कारण लगातारको वर्षाले भिजेको त्रिवि खेलमैदान नसुकेपछि टससमेत नभई पहिलो म्याच रद्द गरिएको थियो । हिजोको खेल अवरुद्ध भएपछि शृंखलाको तालिका परिमार्जन गरिएको हो।

नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग तीन टी–२० र तीन एकदिवसीय म्याचको शृंखला खेल्ने तालिका छ । आजको खेलमा तीव्र गतिका बलर कमलसिंह ऐरीले मौका पाएका छन् । टी–२० मा उनको यो पुनरागमन हो। सन् २०२२ मा राष्ट्रिय टोलीबाट मलेसियाविरुद्ध खेल्दा चोट बोकेका उनी त्यसयता मैदानबाहिर थिए।

आज नेपालले कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी र हेमन्त धामीलाई प्लेइङ ११ मा खेलाउँदै छ। यस्तै, आयरल्यान्डको तर्फबाट कप्तान निल रक, रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस र पिजे मुर मैदान उत्रँदै छन्।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस