२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

परीक्षा सुरु भएको १० मिनेटमै कस्ले आउट गर्यो एसईईको प्रश्नपत्र ?

लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत नेपाली विषयको प्रश्न पत्र सिरहामा ‘आउट’ भएको छ। परीक्षा सुरु भएको केही मिनेटमै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको थियो। चिट बनाउन परीक्षा हल वाहिर रहेका ब्यक्तिले परीक्षा हलबाट ह्वाट्सएप मार्फत प्रश्न पत्र आउट गराएका थिए। त्यसपछि बजारमा प्रश्नपत्र फालाफाल भएको थियो।

स्रोतका अनुसार उक्त प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डकै सहयोगमा बाहिर निकालिएको थियो। हाल सोही प्रश्न पत्रको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। सिरहाका सीडीओ वासुदेव दाहालले प्रश्न पत्र बाहिरिएको विषय जानकारीमा आएको तर कहाँबाट ? र कसरी बाहिरियो ? भन्ने विषयमा थप जानकारी नआएको बताए। उनले प्रश्नपत्र बाहिरिएको जानकारी पाएलगत्तै थप छानबिन सुरु गरिएको बताएका छन्।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस