२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

ऐतिहासिक निर्णय गर्दै प्रवासी नेपाली मञ्च मलेसियाको सातौं बैठक सम्पन्न।

The seventh meeting of Prawasi Nepali Manch Malaysia was concluded by making a historic decision

मलेसिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे घोषणा गरेका सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ ।

त्यसै गरि उक्त बैठकले रिक्त रहेको सह–सचिव पदमा राम चन्द्र लोप्चन र जोहोर राज्य कमिटी ईन्चार्जमा छबिलाल गीरिलाई मनोनीत गरेको छ भने बिबिध कारणले नेपाल फर्किएका पदाधिकारी तथा सदस्यहरुलाई मञ्च मलेसियालाई दिएको योगदानको कदर गर्दै धन्यवाद साथै आगामी राजनैतिक यात्राको शुभकामना व्यक्त गरेको छ। त्यस्तै मञ्च पुर्वी एसिया कमिटिले निर्णय गरि मलेसियाबाट माग गरेको विभिन्न बिभाग सदस्यको लागि ८ जनालाई सिफारिस गरेको छ। सिफारिस हुनेहरुमा संगठन बिभागमा मञ्च मलेसिया सचिव कृष्ण बहादुर खड्का, आर्थिक बिभागमा मञ्च मलेसिया राज्य कमिटी अध्यक्ष गोरख खवास, ज्ञान सीप तथा प्रविधि बिभागमा मञ्च मलेसिया सह सचिव राम चन्द्र लोप्चन, महिला बिभागमा मञ्च मलेसिया सदस्य तथा पेनाङ राज्य कमिटी ईन्चार्ज राधिका क्षेत्री,युवा तथा खेलकुद बिभागमा मञ्च मलेसिया सदस्य मिलन थिङ तामाङ,श्रम तथा रोजगार प्रवर्द्धन बिभागमा मञ्च मलेसिया सदस्य खगेन्द्र श्रेष्ठ,कला साहित्य तथा सांस्कृतिक बिभागमा मञ्चका उपाध्यक्ष जीवन देवान गाउँले र प्रचार प्रसार बिभागमा सविन कुमार लोप्चनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै अध्यक्ष कुमालले बैठकको समापन गर्दै मञ्च मलेसियाको टार्गेट ५ हजार सदस्यता बनाउने लक्ष्य रहेको हुदा राष्ट्रिय कमिटी मलेसिया सदस्य तथा राज्य कमिटीहरुलाई सदस्य बढाउन अहम् भुमिका खेल्न सर्कुलर गरेका थिए।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस