२०८३ जेष्ठ २० गते बुधवार | 2026 June 3rd Wednesday

गायक राजेशपायल राईले गरे पत्नीसँग डिभोर्स, नेपालकै महंगो साबित

काठमाडौं । गायक राजेश पायल राई र पत्नी सङबुङ राईबीच सम्बन्ध बिच्छेद भएको छ । काठमाडौं जिल्ला अदालतमा चैत १५ गते उनीहरुबीचको सम्बन्ध बिच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले राजेश र सङबुङबीच सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए ।

उनीहरुबीच के–के विषयमा सहमति भएर सम्बन्ध विच्छेद भएको भन्नेबारे केही खुलाइएको छैन । राजेश र सङबुङको एक छोरा छन् । राजेश पायलले नक्सालमा रहेको करिब ५ करोड बराबरको मूल्य पर्ने घर र ५० लाख नगद दिएर राजेशले सङबुङसँग सम्बन्ध बिच्छेद गरेको स्रोतको दाबी छ । छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने लगायतको सहमति भएको छ ।

आफ्नो वैवाहिक जीवन गोप्य राख्दै आएका राजेश र सङबुङबीचको सम्बन्ध उनीहरुको सन्तान भएपछिमात्र सार्वजनिक भएको थियो । ४० कटिसकेका राजेश २५ वर्षभन्दा कम उमेरकी साङबुङसँगको अफेयरपछि सँगै बसेका थिए । सन्तान भएपछि मात्र उनीहरुले बिबाह दर्ता गरेका हुन् । बिबाह दर्ता गरेको केही समयपनि नपुग्दै डिभोर्स भएको छ । यो नेपालकै महंगो डिभोर्स साबित भएको बताइन्छ ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस