२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

वेस्टइन्डिज पहिलो पटक नेपाली टोलीसँग खेल्न नेपाल आउने

West Indies will come to Nepal to play against the Nepali team for the first time

२६ चैत, काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी२० खेल खेल्न काठमाडौं आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज पाँच टी-२० खेल खेल्न नेपाल आउने जानकारी दिएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले टी २० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो । क्यानका सचिव पारस खड्काले यस बारे जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस