२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पाथिभरा मन्दिरमा डेढ लाख बढी दर्शनार्थी

Devotees offered 98 tolas of gold in Pathibhara in 15 months

ताप्लेजुङ। गत साउनदेखि चैत मसान्तसम्ममा ताप्लेजुङस्थित पाथिभरादेवीको एक लाख ६८ हजार बढीले दर्शन गरेका छन्। पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदा एक लाख ६८ हजार चार सय ६८ जनाले पाथिभराको दर्शन गरेका हुन्।

हाङवाङका अनुसार सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले दर्शन गरेका छन्। कात्तिकमा ४९ हजार १ सय ६३ जनाले मन्दिरको दर्शन गरेका थिए। हाङवाङका अनुसार साउन महिनामा १ हजार १ सय २२, भदौमा ५ हजार र असोजमा १० हजार ३ सय ४३ जनाले दर्शन गरेका थिए।

यस्तै मंसिरमा २० हजार ४ सय १६, पुसमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १ र फागुनमा १७ हजार ९ सय १२ जनाले पाथिभरा मन्दिरको दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ।

चैत महिनाको भेटी ७५ लाख

पाथिभरा मन्दिरको भेटी चैत महिनामा मात्र ७५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ। कार्यकारी निर्देशक हाङवाङका अनुसार चैत महिनामा ७५ लाख ७ हजार १ सय ५ रुपैयाँ भेटीवापत रकम संकलन भएको थियो। समितिले पछिल्लो समय भेटिवापतको संकलित रकम मासिक रुपमा सार्वजनिक गर्दै आएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस