२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

श्रीमानले खुलाए अभिनेत्री अमृता आत्महत्याको कारण, त्यो दिन के भएको थियो ?

काठमाडौं । भोजपुरी अभिनेत्री अमृता पाण्डेको मृत्युको रहस्य अझै कायम छ । अभिनेत्री शनिबार अप्रिल २७ मा भागलपुरको दिव्यधाम अपार्टमेन्टमा रहेको आफ्नो फ्ल्याटमा मृत फेला परेकी थिइन् । घटनास्थलबाट कुनै सुसाइड नोट फेला परेन । तर अमृता पाण्डेको व्हाट्सएप स्टेटसले शंका भने पैदा गर्यो । अमृता कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनले आफ्नै सारी पासो बनाएकी थिइन् । यसलाई परिवारले आत्महत्या भनेको छ । प्रहरीले अमृता पाण्डेको आत्महत्याको कारण पत्ता लगाउन प्रयास गरिरहेका बेला उनका श्रीमान् चन्द्रमणि झङ्गडले हालै अमृतालाई ओसीडी डिसअर्डर रहेको बताए । उनले आत्महत्या गरेको दिन बिहान नायिकासँग आफूले के कुरा गरेको पनि बताए ।

अमृताको आत्महत्याको कारण श्रीमान् चन्द्रमणिले बताए
श्रीमती अमृता पाण्डेले आत्म हत्या जस्तो कदम चाल्नुको कारण के हुन सक्छ भनी सोध्दा चन्द्रमणि झङ्गडले भने, ‘डिप्रेसनका कारण यो कदम चालेको हुनसक्छ । ती सबै कुराले गर्दा उसले आफूलाई नियन्त्रण गर्न नसक्ने हुन सक्छ । अमृता पाण्डेका श्रीमान् चन्द्रमणि घटनाको जानकारी पाएर भागलपुर पुगेपनि श्रीमतीको पार्थिव शरीरलाई दाहसंस्कार नगरेको रिपोर्टमा उल्लेख छ । यति मात्र होइन, श्रीमतीको पोस्टमार्टमका क्रममा पनि उनी पोस्टमार्टम हाउसमा पुगेनन् र मिडियाबाट पनि टाढा रहे ।

चन्द्रमणि झङ्गडले श्रीमती अमृता पाण्डे डिप्रेसनबाट पीडित रहेको बताइन् । उनी ओसीडी अर्थात् अब्सेसिभ कम्पल्सिभ डिसअर्डरबाट पीडित थिइन्, जसको उपचार भइरहेको थियो । यही विकारका कारण अमृता बारम्बार हात खुट्टा धुने गर्दथिन् । उनी बारम्बार नुहाउने गर्थिन् । उनले दुई पटकसम्म आत्महत्याको प्रयास गरेको श्रीमानले खुलाएका छन् ।

आत्महत्या भएको दिन बिहान ९ बजे कुराकानी भएको थियो ।
चन्द्रमणि झङ्गडका अनुसार घटना भएको दिन अर्थात २७ अप्रिलमा बिहान ९ बजे अमृतासँग कुरा भएको थियो । सबै ठीक थियो । दुवैले आ–आफ्नो भविष्यका बारेमा कुरा गरे । चन्द्रमणिले भने कि बिनु दीदी (अमृताकी जेठी बहिनी) को अप्रिल १८ मा विवाह भएको थियो । त्यसैले उनी र अमृताले आफ्नो रिसेप्शन आयोजना गर्ने र सबैलाई विवाहको बारेमा बताउने योजना बनाएका थिए। चन्द्रमणिका अनुसार उनको र अमृता पाण्डेको विवाहको बारेमा धेरैलाई थाहा थिएन । उनले रिसेप्शन दिएर सबैलाई भन्ने सोचेकी थिइन् । उनीहरुबीच सबै ठीकठाक थियो । उनीहरुले बच्चाको योजना पनि बनाएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस