२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल

काठमाडौं, २३ बैशाख । लोकप्रिय गायिका रचना रिमालले क्रिकेटर सन्दिप लामिछानेको मुद्दाको सुनुवाई पटक पटक स्थगित हुने गरेकोप्रति लक्षित गर्दै दोषी भए सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ भनेकी छन् । आइतबार सन्दिपको मुद्दाको पेशी थियो ।

तर मुख्य न्यायाधीशले हेर्न नमिल्ने भन्दै स्थगित गरिदिए । यसैप्रति लक्षित गर्दै रचनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘दोषी भए कानुन अनुसार सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ’ लेखेकी हुन् । अधिकांश क्रिकेटप्रेमीहरुले पनि सन्दिपको मुद्दा यसरी पटक पटक स्थगित हुनुले उनीमाथि षड्यन्त्र भएको टिप्पणी गरेका छन् । स्वयं सन्दिपले पनि आफूमाथि षड्यन्त्र भएको र षड्यन्त्र गर्नेहरुको नाम छिटै सार्वजनिक गर्ने बताएका छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस