२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

कीर्तिपुर बस दुर्घटनामा मृत्यु हुने त्रिविका प्राध्यापक, अन्य तीन जना घाइते

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटनामा मुत्यु हुने र घाइते हुनेहरुको पहिचान खुलेको छ । मृत्यु हुनेमा ठेगाना नखुलेका ४२ वर्षीय डा. गोविन्द रिजाल छन् । घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षकै बमिला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश धमला छन् ।

पन्तको दाहिने हातमा चोट लागेको छ । श्रेष्ठको टाउको, अनुहारमा चोट लागेको छ । चालक लामाको खुट्टामा चोट लागेको छ । पन्त र श्रेष्ठको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने लामाको ट्रमा सेन्टमा उपचार भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आइतबार दिउँसो पौन ३ बजे कीर्तिपुरबाट रत्नपार्क रुपमा चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुरस्थित आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको थियो । प्रा.डा. रिजाल त्रिविका प्राध्यापक भएको खुलेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस