२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

बाबु बने अभिनेता सलोन

काठमाडौँ । अभिनेता सलोन बस्नेत छोरीको बाबु बनेका छन्। बुधबार मातातीर्थ औंसीको दिन सलोनकी पत्नी करिश्मा केसीले ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा बिहान साढे ८ बजे पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्। प्रसव पीडा सुरु भएपछि मंगलबार राति करिश्मालाई अस्पताल भर्ना गरिएको थियो। सलोनका बाबु शोभित बस्नेतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको छ।

गत वर्ष विवाहको पहिलो वर्षगाँठको अवसरमा सलोन र करिश्माले आफूहरु अभिभावक बन्न लागेको सार्वजनिक गरेका थिए। उनीहरुले छोरी भए ‘सलोमा’ नाम राख्ने समेत बताएका थिए। करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई २०७९ सालको मंसिर १२ गते उनीहरुले विवाहमा परिणत गरेका थिए।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस