२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

रातो मछिन्द्रनाथको रथ तान्न सुरु

ललितपुर। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न शनिबारबाट सुरु भएको छ। पुलचोकमा निर्माण गरिएको रथ बाजागाजासहित गःबहाल पुर्‍याइनेछ।

रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो। रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ।

रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, यूएसएआईडी, एसियाली विकास बैंक लगायत निकायका प्रतिनिधिहरु सहभागी थिए।

 

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस