२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

प्रदिप खड्काले सुरु गरे ‘एक्टर’ को छायाङ्कन, दिलिप रायमाझीकी छोरी दिव्यासँग अभिनय

Pradeep Khadka

पोखरा। प्रदिप खड्का, दिव्या रायमाझी र आना शर्माको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘एक्टर’को छायाङ्कन सुरु भएको छ। शुक्रवार पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो। जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को प्रचारबाट केही समय निकालेर खड्का ‘एक्टर’को छायाङ्कनमा पुगेका हुन्।

राजन भुसालको निर्देशनमा बन्दै गरेको यस चलचित्रमा राज वल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरूको पनि अभिनय रहने छ। हाल अमेरिकामा रहेका कोइराला यही चलचित्रको लागि लामो समयपछि नेपाल आउँदै छन्। दिव्या पनि अमेरिकाबाट यही चलचित्रको लागि नेपाल आएकी हुन्।

पोखरामा १० दिनको छायाङ्कन तालिका रहेको बताइएको छ। त्यसपछि करिब एक महिना काठमाडौंमा छायाङ्कन हुनेछ। आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुने यो चलचित्रका निर्माता थमन कुमारी भण्डारी हुन्।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस