२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउँछ – सरोज घिमिरे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका पक्षमा लिडिङ वकालत गरिरहेका अधिवक्ता सरोज घिमिरेले आजै फैसला आउने बताएका छन् । उनले आज उच्च अदालत पाटनको इजलास नम्बर दुईमा न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा पहिलो नम्बरमा रहेर सुनुवाई भइरहेकाले आजै फैसला आउने बताएका छन् ।

सन्दीप लामिछाने परिवर्तित नाम गौशाला २६ (छ) –०७९ र परिवर्तित नाम गौशाला २६(छ) (०७९/०८०) को जाहेरीले नेपाल सरकारविरुद्ध सन्दिप लामिछाने रहेको दुबै मुद्दामा एकसाथ सुनुवाई भइरहेको छ ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेकाले निर्दोषिता दाबी गर्दै पुनरावेदनका लागि सन्दीप उच्चमा गएका छन् भने, गौशाला २६ को पक्षमा सरकारी वकिल नाबालिग नै रहेको अवस्थामा बालिग ठहर गरेर सन्दीपलाई कम सजाय तोकेकाले बढी सजायको माग गर्दै उच्च अदालत गएका छन् । दुबै मुद्दाको आजै टुंगो लाग्नेछ ।

 

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस