२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

भिसा रिजेक्टपछि क्यानका अध्यक्षले भने, प्रधानमन्त्री मार्फत कुटनीतिक पहलबाट अमेरिका पठाउँछौं

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन काठमाडौंस्थित अमेरिकी दूतावासले फेरि पनि अस्वीकार गरेको छ। लामिछाने आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकाले आफूलाई फेरि पनि भिसा नदिएको जानकारी दिएका हुन्।

लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि माफी मागेर उनलाई भिसा दिएको थियो। अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपालले पनि सहभागी हुन लागेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन्।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस