२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाल र अमेरिकाबीचको खेल बर्षाका कारण रोकियो : यी हुन् आजका दुबै तर्फका खेलाडी

ICC Men's T20 World Cup warm-up matches United States VS Nepal

काठमाडौं । नेपाल र अमेरिकाबीचको आईसीसी टी–२० विश्वकप क्रिकेटअघिको दोस्रो तथा अन्तिम अभ्यास खेल अहिले रोकिएको छ । अमेरिकाको डल्लासमा सुरु भएको खेल टस भएपछि बर्षाका कारण स्थगित भएको छ ।

नेपालले टस हारेर बलिङ गर्नुपरेको छ । नेपालका विस्फोटक अलराउण्डर दीपेन्द्रसिंह ऐरी आज मैदानमा उत्रिएका छन् । यसअघिको पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ६३ रनले पराजित भएको थियो । विश्वकप क्रिकेटअघि अहिले अभ्यास खेल भइरहेको छ ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको प्रतियोगिता जुन २ तारिखदेखि शुरु हुँदैछ । नेपालले पहिलो खेल जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दैछ । टी–२० विश्वकपमा नेपाल समूह डी मा छ । यो समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् । यस्तै समूह ए मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । समूह बी मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड छन् । समूह सी मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् ।

अमेरिकाका आजका खेलाडी
नितिश कुमार, शायन जहाँगीर, मिलिन्द कुमार, आरोन जोन्स, निसर्ग पटेल, सौरभ नेत्रावलकर, शाडले भ्यान शाल्क्विक, कोरी एन्डरसन, स्टीवन टेलर, मोनांक पटेल (क्याप्टेन), एन्ड्रिज गौस, हरमित सिंह, अली खान, नोस्थुश केन्जिगे, जेसी सिंह।

नेपाली टोली आसिफ शेख (वीकेटकिपर), अनिल साह, रोहित पौडेल (क्याप्टेन), गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, करण केसी, कुशल मल्ल, सन्दीप जोरा, अविनाश बोहरा, ललित राजवंशी, कमल सिंह ऐरी, प्रतिस जीसी, सागर ढकाल, सोमपाल कामी।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस