२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

यूएईसँग अभागी नेपाल : दुई पटक पोल बन्यो पर्खाल

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को छनोट खेलमा अहिले नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) बीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले मात्र १३ मिनेटमा नै दुई गोल खाएपछि खेलमा केही सुधार गरेको छ । तर नेपाल ३६ मिनेटमा अभागी बन्न पुग्यो । सनिश श्रेष्ठ र विशाल बस्नेतले लगातार गरेका दुई प्रहार पोल पर्खाल बनेको छ । सायद त्यो गोल भएको थियो भने नेपालले खेल फर्काउन सक्थ्यो ।

यूएईको तर्फबाट अब्दल्ला सुहेलले १२ मिनेटमा पहिलो गोल गरे । लगत्तै १३ मिनेटको केही सेकेण्डमा दोस्रो गोल गरे । अहिले यूएई–नेपाल दुई शून्यको अवस्थामा छ । खेल साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा राति पौने १० बजेदेखि सुरु भएको छ । घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तराष्ट्रिय दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भुमिका रुपमा साउदी अरबमा खेल्नु परेको हो ।

यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो । छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ । नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो ।

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेलमा हार भोगेको छ । नेपालले यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो ।

३६ मिनेटमा विशाल बस्नेत

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस