२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने, क्यानले भन्यो सन्दीप पुगिसके

काठमाडौं । सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने भएका छन्। अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् । सन्दीप खेल्ने भएपछि प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको विज्ञप्ति मार्फत् सचिव खड्काले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस