२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विश्वकप क्रिकेट : पपुवा न्यु गिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर–८’ मा

afghanistan vs papua new guinea

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अफगानिस्तान सुपर–८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनीले १९.५ ओभरमा अलआउट हुनुअघि ९५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १५।१ ओभरमा केवल तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

अफगानिस्तान समूह ‘सी’ बाट सुपर–८ चरणमा पुगेको हो । हारसँगै पपुवा न्यु गिनी पनि घर फर्किने निश्चित भएको छ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस