२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भारतका ब्याटिङवाज भनेर चिनिएका कोहली यो वर्ष टी–२० को आठ इनिङ्समा तेस्रो पटक शून्य रनमा आउट

Kohli dismissed for zero runs for the third time in eight innings of T20 this year

काठमाडौं । सुपर–८ को अन्तिम खेलमा सोमबार भारतले अस्ट्रेलियासँग प्रतिस्पर्धा गरेको छ । ग्रोस आइलेटको ड्यारेन सामी स्टेडियममा खेलिएको यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतलाई पहिलो झट्का विराट कोहलीको रुपमा लाग्यो । उनी खाता नखोली नै प्याभिलियन फर्किए ।

कोहली यो वर्ष आठ इनिङ्समा तेस्रो पटक शून्य रनमा आउट भएका हुन् । चालू प्रतियोगितामा कोहली खाता नखोली नै प्याभिलियन फर्किएको यो दोस्रो पटक हो । अमेरिकाविरुद्धको खेलमा उनलाई सौरभ नेत्रवलकरले शून्य रनमा आउट गरेका थिए । कोहलीले टी–२० विश्वकप २०२४ मा अहिलेसम्म जम्मा ६६ रन मात्र बनाएका छन् ।

उनले बंगलादेशविरुद्धको पछिल्लो खेलमा ३७ रन बनाएका थिए । यो वर्ष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो पटक कोहली ८ इनिङ्समा शून्य रनमा आउट भएका छन् । २०२४ अघि यस ढाँचामा १०७ इनिङ्समा उनी मात्र चार पटक मात्र रन नलिइ आउट भएका थिए।

 

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस