२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘चट्ट रुमालमा’मा रोमाण्टिक देखिए पुष्प र शिल्पा ( भिडियो )

 १० असार, काठमाण्डौँ ।  गायक राज सापकोटाले आफ्नो पहिलो गीत ‘चट्ट रुमालमा’ सार्वजनिक गरेका छन्।  लोक शैलीको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन्।  यादब  लम्सालको शब्दमा रहेको यस  गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ।  गीतलाई  पुरुषोत्तम सुवेदीको संगीत संयोजन गरेका हुन्।

डान्सिङ भर्सनको गीतमा पुष्प खड्का, शिल्पा पोखरेल र धुर्ब न्यौपानेको अभिनय रहेको छ।  नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।  माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक: https://youtu.be/YsL9loPIJVY?si=f8q3MRUC5DwJT53-

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस