२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको दोस्रो हार : सन्दीपले विपक्षी कप्तानसहित लिए २ विकेट

Nepali cricketers Sandeep and Dipendra selected in the Global T20 League

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरि र लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित भेनकुवर नाइट्सले क्यानेडियन लिग ग्लोबल टी–२० मा लगातार दोस्रो हार व्यहारेको छ। शनिबार राति भएको खेलमा सन्दीप र दीपेन्द्रको टोली भेनकुवर बंगाल टाइगर्ससँग २२ रनले पराजित भएको हो।

बंगाल टाइगर्सले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो। भेनकुवरका हर्ष ठाकेरले सर्वाधिक ७९ रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

ड्वाइन प्रेट्रोइस २९ रन बनाउँदा सकिव अल हसनको बलमा मुहम्मद हसिनको हातबाट क्याच आउट भए। रिजा हेनड्रिक १० रन बनाउँदा सकिव कै बलमा मुहम्मदको हातबाट क्याच आउट भए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालका दिपेन्द्र सिंह ऐरि २ बलमा १ रन बनाउँदा विकेटकिपरको हातबाट क्याच आउट भए। टोलीका लागि दिपेन्द्रको पहिलो खेल हो। समयमा नै भिषा नआउँदा उनी ढिलागरि क्यानडा पुगेका थिए।

सन्दीप लामिछाने २ रनमा अविजित रहे। त्यसअघि भेनकुभरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बंगाल टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको थियो।

बंगालका इफ्तिखार अहमद ५० र गुरपाल सिन्धु १० रनमा अविजित रहे। भेनकुवरका लागि सन्दीपले २ विकेट लिए। उनले आफ्नो स्पेलमा ३२ रन खर्चे। उनले ११ औँ ओभरको अन्तिम बलमा बंगालका कप्तान सकिव अल हसनलाई एलबीडब्धु धरापमा पारे। १३ औँ ओभरको पहिलो बलमा डेविन वाइसलाई १ रन बनाउँदा बोल्ड आउट गरे।

 

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस