२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ओलम्पिक फाइनल खेल्न नपाएपछि विनेस फोगटले गरिन् कुस्तीलाई अलबिदा

Vinesh Phogat quits wrestling after missing Olympic finals

काठमाडौं । ओलम्पिकको फाइनलमा अयोग्य ठहरिएपछि भारतीय पहलमान विनेश फोगटले सन्न्यास घोषणा गरेकी छन् । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले कुस्तीलाई अलबिदा गरेकी हुन् । ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फोगटले फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । तर ओेभरवेट रहेको पाइएपछि उनलाई फाइनल खेल्न अयोग्य ठहर गरिएको थियो । त्यससँगै उनले कुनै पनि पदक नपाउने भएकी छन् ।

फोगटले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कुस्तीले जितेको र आफूले हारेको बताएकी छन् । उनले लेखेकी छन्, ‘माफ गर्नुस् आमा, तपाईँको सपना मेरो हिम्मत सबै टुट्यो । अब योभन्दा बढी तागत मसित छैन । अलबिदा कुस्ती ।’

२९ वर्षीय फोगटले सन् २००१ बाटै कुस्ती खेल्न थालेकी हुन् । उनी ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला कुस्तीबाज बनेकी थिइन् । कम्तीमा रजत पद पाउने पक्का भएको थियो । तर अब उनी त्यसबाट पनि वञ्चित बनेकी छन् । रित्तो हात घर फर्किनुपरेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस