२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर

Despite Ronaldo's goal, Al Nasr was held to a draw

काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएपनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो । अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यो खेलपछि दुवै क्लबले एक एक अंक हासिल गरेका छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस