२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘साम्बाला’ हेर्न नेपाल आउँदै अनुराग र नवाजुद्दिन

काठमाडौँ । बलिउड निर्देशक अनुराग कश्यप र कलाकार नवाजुद्दिन सिद्दकी फिल्म ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन नेपाल आउने भएका छन्। मीनबहादुर भामद्वारा निर्देशित फिल्मको नेपाल प्रिमियरका लागि उनी दुई भदौ २२ मा आइपुग्ने ‘साम्बाला’का एसोसियट निर्माता मिन्सो लिम्बूले बताए ।

फिल्मको नेपाल प्रिमियर भदौ २३ मा हुने जनाइएको छ । यसअघि निर्देशक भामसँग बर्लिन फिल्म फेस्टिभलमा नवाजुद्दिनसँग भेट भएको थियो । नवाजुद्दिनले त्यतिबेलै ‘साम्बाला’ हेर्न चाहेका थिए ।

‘त्यतिबेला निर्देशक भाम र नवाजुद्दिनबीच सँगै काम गर्ने कुरा पनि भएको थियो । प्रिमियरमा नवाजुद्दिन र निर्देशक कश्यप विशेष अतिथिका रुपमा सहभागी हुनेछन्,’मिन्सोले भने । बर्लिनको प्रमुख प्रतिस्पर्धातर्फ छनौट हुने पहिलो फिल्मको इतिहास रचेको ‘साम्बाला’ नेपालमा भने भदौ २८ देखि प्रदर्शनमा आउँदैछ ।

यो फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले हालै लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड पाएकी थिइन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस