२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

हृदयघातले ३९ बर्षमै लियो सबैको मनमा बसेका प्रधानाध्यापकको ज्यान

काठमाडौं । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालय, पोखरीका प्रधानाध्यापक मेघराज धमलाको हृदयघातका कारण ३९ वर्षको उमेरमा निधन भएको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका धमलाको बुधबार साँझ मृत्यु भएको हो। काठमाडौंमा दिदीको हातको टीका लगाएर दाजु यादव धमलासँग मोटरसाइकलमा दिक्तेल घर फर्किंदै गर्दा नेपालथोक बाटामै मुटु दुखेपछि उनलाई एम्बुलेन्सबाट धुलिखेल ल्याइएको थियो।

त्यहाँबाट गंगालाल हृदय रोग केन्द्रमा रेफर गरिएको र गंगालाल पुग्नेबित्तिकै त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए। धमलाका श्रीमती र दुई छोरी छन्। नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले एक इमानदार, कर्तव्यनिष्ठ र होनहार प्रधानाध्यापकको अल्पायुमै भएको अवसानले सिंगो नगरपालिकालाई अपुरणाीय क्षति पुगेको बताए।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस