२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एसिया कप खेल्ने यु-१९ टिमको बिदाइ आज हुँदै

११ मंसिर , काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गर्दैछ ।

हेमन्त धामीको कप्तानीमा आइतबार मात्र युएई जाने १५ सदस्यीय टोलीको घोषणा गरेको क्यानले मंगलबार बिदाइ कार्यक्रमको आयोजना गरेको हो। नागपोखरीको एक होटलमा मंगलबार दिउँसो १२ः३० बजेपछि कार्यक्रम आयोजना गरेर क्यानले खेलाडी र अफिसियललाई बिदाइ गर्न लागेको हो।

धामीको कप्तानीमाघोषणा भएको टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् भने अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस