२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

यु-१९ एसिया कपअन्तर्गत नेपाल श्रीलंकासँग ५५ रनले पराजित

काठमाडौं । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ। यु-१९ एसिया कपअन्तर्गत शुक्रबार दुबईमा भएको खेलमा नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७८ रनमात्र बनाउन सक्यो।

नेपालका लागि मयन यादवले अर्धसतकसहित ६१ रन बनाए। त्यस्तै आकाश त्रिपाठीले १९, अर्जुन कुमालले १२, सन्तोष यादवले ११, नरेन भट्टले १२, उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो। श्रीलंकाका लागि सारुजन सनमुगन्थनले सर्वाधिक ६२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यु-१९ एसिया कपमा नेपाल बी समूहमा रहेको छ। श्रीलंकापछि नेपालले बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ। समूह एमा भने भारत, पाकिस्तान , युएई र जापान रहेका छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस