२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनसेलले ल्यायो आकर्षक ‘एनपिएल फ्यान प्याक’

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) पार्वड बाई एनसेलले खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि, एनसेलले सधैं अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपिएल फ्यान प्याकहरू सञ्चालनमा ल्याएको छ।

यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपिएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन्।

यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ। यी प्याकहरू लिने ग्राहकले एनपिएलका खेलहरू प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन्।

सधै अन प्याक अन्तर्गत ग्राहकहरूले ३९९ रूपैयाँदेखि १४९९ रूपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन्।

यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपिएलका रोमाञ्चक खेलहरू अनलाइन मार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्नेछन्।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस