२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

काठमाडौं गुर्खाज चितवन राइनोजसँग ५ विकेटले पराजित

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग ५ विकेटले पराजित भएको छ।

जितका लागि एक सय १२ रनको लक्ष्य पाएको चितवनले १७ बल बाँकी छदैँ ५ विकेट गुमाएर नै लक्ष्य भेट्टाएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो।

काठमाडौंका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे। त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए। डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए।

बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए। उनले चार ओभरमा २१ रन खर्चिए। यस्तै  रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए। अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस