काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ।
पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन्।
प्रतियोगितामा सुखद सुरुवात गरेको कुशल मल्ल नेतृत्वको चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने कुशल भुर्तेल पहिलो खेलमै जित आफ्नो पक्षमा पार्ने दाउमा छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई पावर हिटर ब्याटर मल्ल र भुर्तेलबीचको यो प्रतिष्पर्धा निकै रोचक हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार

