२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनपीएल: चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन चितवन राइनोजले दोस्रो जित हात पारेको छ।

चितवनका बलर हाबी भएपछि पोखरा एभेन्जर्स ८७ रनले पराजित भएको हो।

१६२ रनको विजयी लक्ष्य पछ्याएको पोखराको पहिलो ओभरमै चितवनका सोहिल तान्भिरले पहिलो ओभरमै विकेट लिए। यो क्रम निरन्तर जारी रह्यो। जसका कारण पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो।

पोखराका लागि नवौं ब्याटर नारयण जोशीले सर्वाधिक ३० रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि कुनै पनि ब्याटरले राम्रो नगर्दा जोशीले भने पोखराको स्कोर केही उकासे। चितवनले दिएको १६२ को लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमा कुशल भुर्तेल, दिलिप नाथ र बास डे लिडेलाई गुमायो।

यो तीनै विकेट चितवनका सोहिल तान्भिरले आउट गरेका हुन्। पावरप्लेमा पोखराले ६ विकेट गुमाएर १६ रन बनाएको थियो। १० ओभर पोखरा ७ विकेट गुमाएर ४५ रन बनाएको थियो।

यससँगै चितवनले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस