२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवर्षीय गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतवार मधेश प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री सतिशकुमार सिहले लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउन बिदा घोषणा गरिएको बताए।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस