२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आन्द्रेस बने एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी

काठमाडौं । पोखरा एभेन्जर्सका आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन्।

टीयू मैदानमा शुक्रबार लुम्बिनी लायन्सविरुद्ध गौसले ५४ बलमा शतक प्रहार गरे। उनले ५५ बलमा १०४ रन बनाएका थिए।

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले विना विकेटको क्षतिमा १६.५ ओभरमै पूरा गर्‍यो। गौसले नटआउट १०४ रन जोडे। गौसले एनपीएलकै छिटो अर्धशतक पूरा गरे।

उनले २० बलमा अर्धशतक र ५४ बलमा शतक प्रहार गरे। गौसले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरे।

एनपीएलको सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पहिलो जित निकालेको हो।
लुम्बिनी भने दुवै खेलमा पराजित भएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस