२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने त्रिवि सदस्य ढुंगेलको चेतावनी

काठमाडौं ।  स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्।

आज बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि उनले यस्तो चेतावनी दिएका हुन्।

उनले गत वर्षको त्रिवि दीक्षान्त व्यवस्थित नहुँदा विद्यार्थीहरूले सास्ती खेप्न बाध्य भएको बताए। उनले भने,‘त्रिविको दीक्षान्त समारोह कस्तो हुन्छ?,हेर्नुस् त लाजमर्दो,गत वर्ष रंगशालामा कस्तो नाटक भयो,एकजना विद्यार्थीले दीक्षान्त भएको सर्टिफिकेट लिन कति सास्ती खेप्नुपरेको थियो,कोहीको नाम, थर गल्ती भएको थियो,यस वर्ष गत वर्षजस्तै दीक्षान्त गर्ने सोचिए हामी बहिष्कार गर्छौ‌ं।’

उनले दीक्षान्त समारोहको मोडल परिवर्तन गर्नुपर्ने माग गरे। ‘दीक्षान्तमा कोही विद्यार्थी खुसी छैनन्,दीक्षान्त हुँदा निराशाबाहेक केही दिन सकेको छैनौँ,त्यसैले व्यवस्थित ढंगले दीक्षान्त समारोह गरौँ,’उनले भने। त्रिविले आगामी पुषमा ५० औँ दीक्षान्त समारोह आयोजना गर्दै छ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस