२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कीर्तिपुरको टीयू क्रिकेट मैदानमा आज दुई खेल हुँदै

२८ मंसिर, काठमाडौँ । मंसिर १५ गतेदेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल जारी छ ।
यसैबीच आज दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजे लुम्बिनी र कर्णालीबीच हुनेछ । दिउँसो १ बजे हुने दोस्रो खेल विराटनगर र चितवनबीच हुनेछ ।

प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । जसमध्ये राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स भने बाहिरिसकेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस