२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

ओलीले ३०० दिनमा फ्लडलाइट जोड्ने घोषणा गरेको १५० दिनपछि त्रिवि क्रिकेट मैदानमा टेन्डर आह्वान

५ पौष , काठमाडौँ । नेपाली खेलकुदमा धेरै चर्चामा आएको क्रिकेट खेलको विकासका लागि भन्दै नेपाल सरकारको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार महिनामा ३०० दिन भित्र त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने योजना अगाडी बढेको छ । ओलीको पहिलो क्याबिनेट वैठकले सो निर्णय पनि गरेको थियो ।

उनले निर्णय गरेको १५० दिनपछि टेन्डर आव्हान भएको छ । यो पटक राखेपले यो टेन्डरको विषयमा कुनै संलग्नता जनाएको छैन । नेपाल सरकारबाट अर्थ मन्त्रालय हुँदै सहरी विकास मन्त्रालयसम्म यसको टेन्डर अव्हान भएको हो ।

यसअघि राखेपले ३ पटक टेन्डर आह्वान गरको थियो । ३ पटक टेन्डर रद्द भएको अवस्थामा अब सरकारले नै चासो देखाएपछि अब यो कार्यले पूर्णता पाउने सबैले विश्वास गरेका छन् । राखेपका योजना शाखा प्रमुख राजु श्रेष्ठमा अनुसार राखेपले मात्र यसअघि २ वर्षको अन्तरालमा तीन पटक टेन्डर आह्वान गरेको हो ।

 

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस