२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

गलत र गल्ती केवल नारीको हुन्छ रे, निर्दोष हुन लिंग पुरुषको भए हुन्छ ? – एलिना चौहान

काठमाडौं । एलिना चौहान नेपालकी चर्चित गायिका हुन् । उनको आवाजले अधिकांशलाई मन्त्रमुग्ध बनाइरहेको छ । उनका धेरै गीत चर्चित छन् ।

पछिल्लो समय उनी विविध कारणले चर्चामा छिन् । पारिवारीक तनावको विषय बाहिर आएपछि उनीमाथी धेरैले माया बर्षाइरहेका छन् । भर्खरै उनले एउटा क्याप्सनमा शोसल मिडियामा भिडियो अपलोड गरेकी छिन् । जहाँ उनले लेखेकी छिन्, गलत र गल्ती केवल नारीको हुन्छ रे, निर्दोष हुन लाई लिंग पुरुषको भए हुन्छ ? भनेकी छिन् ।

भिडियोमा उनले आफ्नै भाग्यले आफैंलाई छल्दो रहेछ, एक्लैपनि जिन्दगी चल्दो रहेछ बोलको आफ्नै गीत राखेकी छिन् । सञ्चारकर्मीहरुले उनको श्रीमानसँग खटपट बढेको अनुमान गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस