काठमाडौं । गर्भमा ३७ हप्ता पूरा गरेका बच्चालाई सामान्य मानिए पनि धेरैजसो नवजात शिशुमा स्वास्थ्य समस्या देखिने गरेको छ। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा. रमिता श्रेष्ठका अनुसार निमोनिया, जन्डिस, पिसाब संक्रमण, मेनेन्जाइटिस, र श्वासप्रश्वासका समस्या नवजात शिशुमा प्रायः देखा पर्छन्।
अस्पतालले नियो नेटल इन्टेन्सिभ केयर युनिट (NICU), फोटो थेरापी, रेडियन्ट वार्मर, भेन्टिलेटर, र अन्य अत्याधुनिक उपकरणमार्फत उपचार गरिरहेको छ। जन्डिसका बिरामीहरूको डिस्चार्ज दर ९०% भन्दा माथि रहेको अस्पतालले जनाएको छ।
डा. श्रेष्ठले नवजात शिशुमा एन्टिबायोटिकको सावधानीपूर्वक प्रयोग गर्न सुझाव दिएकी छन्। साथै, सामान्य डेलिभरी र स्तनपानका फाइदाबारे जनचेतना जगाउन अस्पतालले गर्भसंस्कार कक्षा सञ्चालन गर्दै आएको छ।
प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार

