२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मंगलबार गणेश भगवानको दिन, जान्नुहोस् कसरी पूजा गरे शुभ फल पाइन्छ ?

८ माघ, काठमाण्डौँ ।  आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ। मंगलबार सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मीक विश्वास छ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

गणेशजीलाई लड्डु औधी मनपर्छ । यसबारे पद्यपुराणमा उल्लेख गरिएको कथा यसप्रकार छ:
पूर्वकालमा पार्वतीदेवीलाई देवताहरुले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्वको वर्णन गरेर भत्रुभयो कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।

माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आउनुभयो । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ हुनुभयो । तब गणेशजीले श्रद्धापूर्वक माता–पितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिनुभयो ।

यो देखेर माता पार्वतीले भत्रुभयो “ सबै तीर्थमा गरेको स्नान , सबै देवतालाई गरेको नमस्कार , सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत , मन्त्र , योग र संयमको पालन यीसबै साधनाहरु माता–पिताको पूजाको सोह«अंशको बराबर पनि हुन सक्दैन । ”

त्यसकारण गणेशजी सयौं पुत्रहरु र सयौं गणहरुभन्दा पनि धेरै हुनुहुन्छ । त्यसैले उहाँलाई गणनायक पनि भनिन्छ । पार्वतीमाताले भत्रुहुन्छ अतः यो लड्डु म गणेशलाई अर्पण गर्दछु । त्यसकारण यो लड्डुसँग माता–पिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको माता–पिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उहाँको साथमा रहने लड्डु यसैको प्रतीक हो ।

“ ग ” को अर्थ बुद्धि र “ ण ” को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक हुनुहुन्छ । भगवान गणेशको अर्को नाम “ विघ्नेश्वर ” पनि हो । उहाँ सबै बिघ्नबाधाहरुको निवारक पनि हुनुहुन्छ । उहाँले सबै कार्यहरु निर्बिघ्न गराउनुहुन्छ । भगवान गणेशको अर्कोनाम “विनायक” पनि हो विनायकको अर्थ उहाँको अरु कोही नायक छैन र उहाँनै सर्वश्रेष्ठ नायक हो भत्रे बुझिन्छ ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि हुनुहुन्छ । हुनत हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ । गणेशजी हाम्रो सोच , चिन्तन , धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उहाँ गुणहरुको खानी हुनुहुन्छ । उहाँमा सबै गुण र शक्तिहरु शोभायमान छ । उहाँ देवताहरुमध्ये गुणको देवता हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस