काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ का लागि गैर-व्यावसायिक विदेशी कामदारहरूको कोटा २,०७,००० जना निर्धारण गरेको छ । यो भाषा पढिरहेका नेपालीहरुका लागि खुशीको खबर हो । दक्षिण कोरियाले सबैभन्दा बढी कोटा नेपाललाई दिएको छ ।
प्रधानमन्त्रीको सचिवालय अन्तर्गतको सरकारी नीति समन्वय कार्यालयले सरकारी नीति समन्वय मन्त्री बाङ कीसुनको अध्यक्षतामा सम्पन्न विदेशी जनशक्ति नीति समितिको बैठकले यो कोटा निर्धारण गरेको जानकारी दिएको छ।
यो कोटाले E-9 (गैर-व्यावसायिक कर्मचारी), E-8 (मौसमी कामदार) र E-10 (जहाजको चालक दल) भिसा लिएर देशमा प्रवेश गर्ने विदेशी नागरिकलाई समेट्छ । भिसा अनुसार, E-9 धारकहरूको संख्या यस वर्षभन्दा ३५,००० बढाएर १,३०,००० गरिएको छ। E-8 को संख्यापनि ग्रामीण र कृषि गाउँहरूमा जनसंख्या घट्दै गएकाले ७,००० ले बढाएर ७५,००० निर्धारण गरिएको छ।
E-10 धारकहरूको संख्या संयुक्त कोटा प्रणाली अन्तर्गत अनुमानित रूपमा २,१०० रहनेछ। यस बैठकमा छलफल गरिएका कोटाको आधारमा सरकार सम्बन्धित निकायहरूसँग परामर्श गरी भिसाको प्रकारअनुसार अन्तिम संख्या तय गर्नेछ र कार्यान्वयन योजना तयार पार्नेछ।

