२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

छवि प्रकरणमा शिल्पाले कसलाई दिइन् कानूनी उपचार खोज्ने धम्की ?

अभिनेत्री शिल्पा पोखरेल अहिले चर्चाको नाम हो। निर्माता छवि ओझासँग पाँच करोडको घर लिएर छुट्टिएको खबर सार्वजनिक भएसँगै उनी चर्चामा छिन्। यसअघि पनि उनीहरु आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहेका थिए। यो खबर सार्वजनिक भएपछि शिल्पाले सञ्चारकर्मीलाई कानुनी कारबाहीको चेतावनी दिएकी छिन्।

उनले सामाजिक सञ्जालमा लेखेको फेसबुक स्टाटस हेर्नुहोस्

“म त विदेशमा छु। मलाई के फरक पर्छ र मैले त फेक अकाउन्ट खोलेको छु। मलाई के फरक पर्छ र” भन्ने सोच राख्नुभएको छ भने याद राख्नुहोस्। साइबर क्राइम अन्तर्गत परेका कुनै पनि क्राइम गरेका व्यक्तिहरुलाई वर्षौँ वर्षपछि पनि समातेर कानुनी कारबाही भएको उदाहरण धेरै छन् त्यसैले कसैलाई पनि सामाजिक सञ्जाल मार्फतबाट मेन्टल हरासमेन्ट गर्ने काम चरित्र हत्या गर्ने काम नगर्नु हुन मेरो विनम्र अनुरोध छ।
🙏अलिकति कुरा बुझेर मात्रै समाचार बनाउने हो कि पत्रकारज्यूहरू? कसैको पनि व्यक्तिगत जीवनको समाचार बनाउनु कसैको पनि तस्बिर सार्वजनिक गर्नु अघि एकपल्ट सम्बन्धित व्यक्तिसँग पनि धारणा लिनुपर्छ भन्ने कुरा जानि राख्ने हो कि पत्रकारज्यूहरू? सम्पूर्णको लागि कानुन बराबर छन् यदि कसैले पनि कसैको व्यक्तिगत जीवनलाई लिएर अनावश्यक भ्रम फैलाउने कसैको पनि मानसिक स्वास्थ्यमा असर पर्नेगरी कुनै पनि न्युज अथवा कुनै पनि कुराहरू सामाजिक सञ्जालमा आउँछन् भने सम्बन्धित व्यक्तिले त्यसलाई लिएर पनि कानुनमा कडाभन्दा कडा सजाय हुनेगरी कानुन बनाइएको छ त्यो पनि दिमागमा राखौं। साइबर क्राइम भनेको कुरा के हो भन्ने कुरा बुझिराखौं र अरुलाई पनि बुझाउँ पत्रकारज्यूहरू यदि कसैलाई यति कुराको पनि नलेज नभए संविधानको किताब छन् एउटा एउटा किताब सबैले राखौं त्यसमा सबै कुराहरु लेखिएका छन् छर्लङ्ग हुनेगरी🙏 आफू पनि शान्तिले बाँचो र अरुलाई पनि शान्तिले बाँच्न दिउँ।🙏

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस