२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सैफले आफूलाई दोस्रो जीवन दिने अटो चालकलाई आमासँगै भेटेर के भने?

बलिउड अभिनेता सैफ अली खानले आफ्नो जीवन बचाउने अटो चालक भजन सिंहलाई धन्यवाद दिएका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि उनले सिंहलाई भेटेर उनको साहसिक सहयोगको प्रशंसा गरेका हुन्। सैफ र उनकी आमा शर्मिलाले पनि चालकलाई कृतज्ञता व्यक्त गरे।

अटो चालक भजन सिंहले रगतले लतपतिएको सैफलाई अस्पताल पुर्याएका थिए। यसै क्रममा, सैफले हमलामा घाइते भएकी नोकरानी अरियाना फिलिपलाई पनि इनाम दिने बताएका छन्। आक्रमणपछि सैफ फर्च्युन हाइट्समा रहेको आफ्नो पुरानो घरमा सरेका छन्।

अभिनेता सैफमाथि १५ जनवरीमा आफ्नै घर सतगुरु शरण अपार्टमेन्टमा आक्रमण भएको थियो, जहाँ आरोपी मोहम्मद शरीफुल इस्लाम शहजादले चक्कु प्रयोग गरी उनको घाँटी र मेरुदण्डमा गम्भीर चोट पुर्याएका थिए। सैफ आफैं अस्पताल पुगे, जहाँ उपचारपछि उनलाई २१ जनवरीमा डिस्चार्ज गरियो। आक्रमणपछि उनले आफ्नो सुरक्षा टोली परिवर्तन गरेका छन्, र अब रोनित रोयको सुरक्षा निकायले उनको सुरक्षा सम्हाल्नेछ।

रोनित रोयको सुरक्षा टोलीले अघि अमिताभ बच्चन, आमिर खान र अक्षय कुमार जस्ता ठूला स्टारहरूको सुरक्षा गरेको थियो। मुम्बई प्रहरीले आक्रमणमा प्रयोग गरिएको चक्कुको तेस्रो भाग बान्द्रा ताल नजिकैबाट बरामद गरेको छ र आरोपीका बयानहरू लिएको छ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस