२०८३ साउन ३ गते आइतवार | 2026 July 19th Sunday

अमेरिकी ट्रम्प प्रशासनले नेपालीपनि लखेट्न थाल्यो, एयर इन्डिया र कतार एयरबाट पठाइए

काठमाडौं । अमेरिकाले दुई जना नेपालीलाई निष्कासित गरेको छ। गैरकानुनी तरिकाले बसरहेका उनीहरूलाई अमेरिकाले गत साता निष्कासित गरेको हो। स्रोतका अनुसार शेर शाङ्बु शेर्पा र सारुन श्रेष्ठलाई अमेरिकाले निष्कासित गरेको हो। अध्यागमन कानून उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासित गरिएको स्रोतको भनाइ छ।

शेर्पालाई एयर इन्डियाको विमान र श्रेष्ठलाई कतार एयरलायन्सको विमानबाट नेपाल फर्काइएको थियो। त्यस्तै क्यानडाले पनि एक जना नेपालीलाई निष्कासित गरेको छ। अध्यागमन कानून उल्लंघन गरेको आरोपमा क्यानडाले रविन ढकाललाई डीपोर्ट गरेको स्रोतले बतायो।

अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा सपथ लिएपछि डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेका छन्। उनले पहिलो दिन नै गैरकानूनी तरिकाले बस्ने आप्रवासीहरूलाई फिर्ता पठाउने कार्यदेशमा हस्ताक्षर गरेका थिए। त्यसअन्तर्गत ट्रम्प प्रशासनले धमाधम गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूलाई देश निकाला गरिरहेको छ। अफ्रिकालगायतका देशहरूमा सेनाको विमानबाटै आप्रवासीहरूलाई फिर्ता पठाइँदैछ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस