२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सम्बन्धविच्छेद : पहिलोपटक मिडियामा एलिना, माया गर्ने मान्छेबारे के भनिन्?

काठमाडौं । गायिका एलिना चौहानले अनुभवबाट सिकेर नयाँ जीवन सुरु गर्न चाहेको बताएकी छन्। काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा व्यक्त गरिन्।

उनले सम्बन्धविच्छेद आपसी समझदारीमा लिएको निर्णय भएको बताउँदै विवाह हतारको निर्णय भएको स्विकारिन्। प्रेम सम्बन्धका दौरान नै केही खटपट रहेको भन्दै उनले श्रीमान् विष्णु सापकोटासँगको अपेक्षा पूरा गर्न नसकेको खुलाइन्।

एलिनाले आफ्नो व्यक्तिगत जीवनलाई मजाकको पात्र नबनाउन आग्रह गर्दै, दुबैले आफ्नो निर्णयलाई सम्मान गर्नुपर्ने बताइन्। साथै, विष्णु सापकोटालाई नराम्रो नबोल्न पनि उनले आग्रह गरिन्।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस